बुधबार , असार २४, २०८३

कपिलवस्तुको क्षेत्र नम्बर ३ नेपाली कांग्रेसमा विवाद सुरु भएको छ । गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै दुई पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

स्थानीय निर्वाचनदेखि संसदीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै कांग्रेसभित्र संस्थापन पक्ष र इतर पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो । संसदीय निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अभिषेक प्रताप शाहले स्थानीय तहमा राप्रपाका उम्मेदवारलाई सहयोग गरेको आरोप लागेको छ ।

विपक्षी दलका प्रतिद्वन्दी स्थानीय निर्वाचनमा उम्मेदवार बनेका हुमाकन्त खनाल पराजित भएपछि शाहलाई आरोप लागेको हो । संसदीय निर्वाचनमा उम्मेदवार बनेका शाह आफू पराजित भएपछि कांग्रेसका केही नेताहरु विपक्षी पार्टीलाई सहयोग गरेको आरोप लगाएका छन् ।

कांग्रेसका जिम्मेवार पदमा रहेर पार्टीको विधान, नीति सिद्धान्त र पार्टी हित विपरीत कार्यहरूमा प्रत्यक्ष संलग्न आफ्ना उम्मेदवारलाई हराउने विपक्षीलाई जिताउने भन्दै आरोप लगाइएको छ । केही नेताहरुले क्रियशील सदस्यलाई समेत जप्रपा, एमाले लगायत शाहले प्रतिद्वन्दी दललाई मतदान गर्न उर्दी जारी गर्ने र पार्टी संगठनलाई कमजोर बनाउने गतिविधिमा निरन्तर सक्रिय रहि सहयोग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

असहयोग गरेका कार्यकर्तालाई कांग्रेसका विधान अनुसार साधारण सदस्य समेत नरहने गरी शाहले तत्काल कारवाहीको माग गरेका छन् । गुटबन्दीको नाममा अन्तरघात गर्नेहरु आगामी दिनमा निरुत्साहित हुने गरि माग गरिएको शाहद्घारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

शाहले जिल्ला सभापति अब्दुल कलामसहित उपसभापति हुमाकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्याय, जिल्ला प्रवक्ता ईश्वरी प्रसाद पाण्डे, सदस्य हरि पोख्रेल, प्रदेशसभा सदस्य पदका उम्मेदवार बिरेन्द्र कनोडिया र मधु पोख्रेल लगायत दर्जन बढीलाई साधारण सदस्य समेत नरहने गरि कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयलाई पत्र पठाएका छन् ।

यता क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले अभिषेक प्रताप शाह सहित ७ जनालाई कारवाहीको लागि जिल्ला सभापतिलाई पत्र लेखेका छन् । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह, जमिल खाँ, किफायत उल्ला खाँ, मथुरा यादव लगायतलाई स्थानीय तह तथा संसदीय निर्वाचनमा पार्टी उम्मेदवार विरुद्ध गतिविधि गरेको आरोप लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP