शनिबार , बैसाख ६, २०८२

इङ्लिस प्रिमियर लिगमा मंगलबार राति चेल्सीले बर्नमाउथमाथि २–० को सहज जित निकालेको छ।

चेल्सीको घरेलु मैदान चेल्सीले स्टामफोर्ड ब्रिजमा भएको खेलको १६ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई सुरूआती अग्रता दिलाए।

रहिम स्टर्लिङले दिएको क्रसलाई हाभर्ट्जले गोल गरेका थिए। त्यसको आठ मिनेट नबित्दै म्यासन माउन्टले गरेको गोलसँगै चेल्सीले अग्रता दोब्बर पार्‍यो।

यहीँ अग्रता जोगाउँदै चेल्सीले विश्वकपपछिको पहिलो खेलमै जित हात पार्दै प्रिमियर लिगको सिजन पुनः सुरू गर्‍यो।

विश्वकपको लागि ब्रेकअघि लगातार तीन खेलमा गोल गर्न नसकेको चेल्सीलाई यो नतिजापछि शीर्ष चारको आशा बढाएको छ।

१५ खेलबाट २४ अंक जोडेको चेल्सी तालिकाको आठौं स्थानमा उक्लिएको छ। चेल्सी चौथो स्थानमा रहेको टोटनह्यामभन्दा ६ अंकले पछि छ। पराजित बोर्नेमाउथ १६ अंकसहित १४ औं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP