शनिबार , बैसाख ६, २०८२

विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका छन् । स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ ।

विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले ट्रफीसँग आपत्तिजनक सङ्केत गरेका थिए । फुटबल एस्पानाको रिपोर्टमा एम्रीले मार्टिनेजको सो व्यवहारलाई नरुचाएको बताइएको छ । रिपोर्टमा मार्टिनेजले विश्वकपमा गरेको प्रदर्शनका बाबजुद एम्री उनलाई ‘चाँडोभन्दा चाँडो’ बिक्री गर्न चाहेको उल्लेख छ ।

यता, फाइनलपछि ३० वर्षीय गोलकिपरले बारम्बार किलियान एम्बाप्पेलाई गिज्याएको भन्दै फ्रान्सले फिफामा उनीविरुद्ध उजुरीसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP