सोमबार , अषोज २६, २०८३

दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमआरआई र सिटि स्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्व रजिस्ट्रारदेखि बिभिन्न पदमा रहेका २४ जना कर्मचारीहरुलाई बयानका लागि पत्राचार गरेको छ । प्रतिष्ठानका सर्जन बिभागका एक जना चिकित्सकका अनुसार तत्कालिन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको कार्यकालमा सिटि स्क्यान र एमआरआई खरिदमा भ्रष्टाचार भएको भन्दै लिखितरुपमा अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पत्र काटेको हो । उनका अनुसार प्रतिष्ठानका पुर्ब रजिस्ट्रार रामप्रसाद प्याकुरेल, पुर्ब कायम मुकायम रजिस्ट्रार कैलाशप्रसाद देब, पुर्ब कामु रजिस्ट्रार एवं हालका डेपुटि रजिस्ट्रार झंकार लामिछाने, डिन डा. सागर पन्थीलाई अख्तियारले बयानका लागि पत्र पठाएको छ । उनीहरु सबैजसो मुल्यांकन र खरिद समितिको संयोजकसहित महत्वपुर्ण पदमा रहेका थिए ।
त्यस्तै अख्तियारले झंकारकी श्रीमती तत्कालिन नर्सिङ अधिकृत बिन्दु पौडेल, लेखा अधिकृतहरु राजिब बस्नेत, श्रीराम चौधरी, रेडियोलोजिष्ट डा. बम बिसी, लेखा अधिकृत छाया डिसी, अन्जु शर्मालाई पनि बयानका पत्र काटेको छ । त्यस्तै सिटि स्क्यान र एमआरआईको ठेकेदारसंग मिलेर स्पेसिफिकेसन तयार गर्ने प्रतिष्ठानका बायोमेडिकल इन्जिनीयर शरद भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारीलाई पनि अख्तियारले पत्र काटेको ती चिकित्सकले जानकारी दिए । त्यस्तै डा. शिरिसा पोखरेल, पुर्ब कर्मचारी मेघराज अधिकारी, फिजियोथेरापीष्ट पुजा मण्डल, चार्टर एकाउन्टेड नितुन कुर्मिसहित अन्य कर्मचारीलाई पनि बयानका लागि पत्र काटेको छ । अख्तियार काठमाडौंको पत्रसहित बुटवलको अख्तियारको सम्पर्क कार्यालयमा लिखित बयान दिएका छन् । अख्तियारले बयानका लागि पत्र काटेर बोलाएपछि एक जना पुर्ब लेखा अधिकृतले पुर्ब उपकुलपति भण्डारिको निर्देशनमा स्थानिय केही ब्यबसायीको मिलेमतोमा गलत काम भएको बताउदै अस्ट्रेलिया रहेका चार्टर एकाउन्टेडको डकुमेन्ट प्रयोग गरेर प्रतिष्ठानका पदाधिकारिको मिलेमतोमा काम भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP