मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय भूमि आयोग रुपन्देहीले अब्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । आयोगले बुटवल उपमहामनगरपालिका र मायादेवी गाउँपालिकाबाट जग्गाधनी प्रमाणपत्र वितरण सुरु गरेको हो ।
सोमबार बुटवल उपमहानगरपालिका बुटवल वडा नं. १९ का १२ जना र मायादेवीको वडा नं. ८ का ६ जना गरी १८ जना जग्गाधनीलाई आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला,जिल्ला अध्यक्ष हरिबहादुर आचार्यले जग्गाधनी प्रमाणपत्र वितरण गरेका छन् ।
आयोगका केन्द्रीय अध्यक्ष निरौलाले संविधानमा नै भुमिहीनलाई जग्गाको स्वामित्व दिने ब्यवस्था भएकाले आयोगले सोही अनुसार काम गरेको बताए । भूमि आयोग र स्थानीय तहको समन्वयबाट नै जग्गाको नापँचाज हुँदै लालपुर्जा वितरण सम्भब भएको उनले बताए ।
जिल्लामा करिब १ लाख अब्यवस्थित, सुकुम्बासी तथा भूमिहिन रहेको आयोगका जिल्ला अध्यक्ष हरिबहादुर आचार्यले बताए । अहिले बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी र सिद्धार्थनगरमा नापजांच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताए । जग्गाधनी प्रमाणपत्र तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनीले प्रमाणपत्र लिन नसकेको भन्दै उनले सरकारले राजश्वको दरलाई कम गर्नुपर्ने सुझाव दिए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अब्यवस्थित जग्गाको ब्लक छुट्टाइएको र नापँचाज भएका जग्गाको विधि, प्रक्रिया कानुन अनुसार लालपुर्जा वितरण गरिएको बताए । बुटवलमा अब्यवस्थित बसोबासीको समस्या धेरै रहेको बताउँदै राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तिव्रता दिएर जनतालाई आफ्नो जग्गाको मालिक बनाउनु पर्नेमा उनले जोड दिए ।
बुटवलमा करिब ३० हजार अब्यवस्थित रुपमा बसोबासमा रहेको उपमहानगपालिकाले जनाएको छ । आयोगका बिज्ञ सदस्य बद्रे आलमले रुपन्देहीका १० वटा पालिकामा आयोगले कामलाई तिव्रता दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP