शुक्रबार , असार १२, २०८३

मदिरा ब्यवसाही संघ रूपन्देहीले आफ्नो १४ औं स्थापना दिवसको अबसरमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा पुगेर संघले राहत वितरण गरेको हो ।

कार्यक्रममा ४० हजार बराबरको खाद्यान्न, स्टेशनरी तथा जाडोमा लगाउने न्यानो कपडाहरू बितरण गरिएको थियो । मदिरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वोल्दै नेपाल मदिरा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कृष्ण नेपालले संस्थाले विभिन्न अवसर पारेर रचनात्मक कार्यहरू गरेको भन्दै व्यवसायमा मात्रै सीमित नभई सामाजिक भावलाइ पनि यसैगरी आगाडि लैजानु पर्ने बताए ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण गौतम, पुर्व अध्यक्ष खिम बहादुर खत्री, निवर्तमान अध्यक्ष शम्भु भट्टराई, जिल्ला उपाध्यक्षद्वय हिमाल भुसाल, बावुराम ज्ञवाली, जिल्ला कोषाध्यक्ष हिरा बहादुर केसी (डाईमण्ड) लगायतले बोल्दै व्यवसाय एकरुपताको साथै सामाजिक काममा पनि क्रियाशील भईरहनु पर्नेमा जोड दिएका थिए ।

उनीहरूले अहिले व्यवसायीका आफ्नै समस्या र बाध्यताका बीच पनि यी र यस्तै कार्यक्रमलाई निरन्तरता दिईरहेने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा महासचिव किशोर पन्थी, जिल्ला कोषाध्यक्ष तथा राहत वितरण कार्यक्रमका संयोजक हिरा बहादुर केसीलगायतले पनि बोलेका थिए । संघले यही आउँदो १६ गते शनिवार अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यमा १४ औं साधारणसभाको तयारी पनि गरेको जिल्ला अध्यक्ष गौतमले जानकारी दिए । जिल्लामा आधिकारिक रुपमा ५०० सय व्यवसायीहरू सक्रिय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP