मंगलबार , अषोज २७, २०८३

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् ।

शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ ।
कार्यक्रममा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव आफूले कोरेकै गोरेटोमा आएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘छिट्टै यस्तो कार्यक्रम (पार्टी समायोजन तथा प्रवेश)मा स्वागत गर्ने प्रतीक्षामा छु ।’

विप्लव अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे । अहिले आफूले हिँडेकै बाटोमा आएको भन्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्ततः यही लाइन र यही टिममा आउनैपर्छ ।’

अर्का अध्यक्ष माधवकुमार नेपालले पनि विप्लव राजनीतिको मूल प्रवाहमा फर्किएकोमा खुसी व्यक्त गरे । तर कम्युनिस्ट आन्दोलनको मूल प्रवाहमा आउन अझै बाँकी रहेको भन्दै उनले भने, हामी उहाँलाई पनि स्वागत गर्नेछौं । र, त्यो दिनको प्रतीक्षामा छौं, जहाँ हामी काँधमा काँध मिलाएर अगाडि बढ्ने छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP