मंगलबार , अषोज २७, २०८३

लेस्टर सिटीलाई ३-० ले पराजित गर्दै न्युक्यासल युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो ।

जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।

विश्वकप पछि समेत न्युक्यासल पुरानै लयमा फर्किएको छ । प्रिमियर लिगमा न्युक्यासलको अपराजित यात्रा छैटौ खेलमा पुगेको छ ।

१० वर्ष अघि एलान वार्डेवको प्रशिक्षणमा न्युक्यासलले पाँचौ स्थानमा लिग टुंगाएको थियो । यस वर्षमात्रै २१ खेल जितेको थियो । सन् १९९५ मा न्युक्सासलले २३ खेल जितेको थियो । सन् १९९५-९६ मा दोस्रो भयो ।

किङ पावर मैदानमा भ्रमणकारी टोली न्युक्यासलले सुरुवातै अग्रता बनाउन सफल भयो । क्रिस वूडले पाएको पेनाल्टी सदुपयोग गर्दै तेस्रो मिनेटमा गोल गरे । सातौंं मिनेटमा म्यागुएल एलमोरोनले दोस्रो गोल थपे । ३२औं मिनेटमा जोइलिन्टोनले तेस्रो गोल गरेका थिए ।

सोमबार रातिका अन्य खेलमा ब्राइटनले साउथह्याम्पटनलाई ३-१, उल्भ्सले एभर्टनलाई २-१ र फुलहमले क्रिस्टल प्यालेसलाई ३-० ले हरायो । ब्रेन्टफोर्ड र टोटनहमले २-२ गोलको बराबरी खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP