शुक्रबार , भाद्र १२, २०८३

फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीबाट करिब ४६ हजार मानिस घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठजनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन् ।

क्याथोलिक धर्मावलम्बीको बाहुल्य रहेको यस देशको सबैभन्दा महत्वपूर्ण चाडको अवसरमा मनाइने उत्सवमा आइतबार आएको बाढीले क्षति पु¥याएको हो । ‘शनिबार र आइतबार व्यापाक वर्षाका कारण केही क्षेत्रमा पानी करिब चार फिटसम्म जम्मा भएको छ तर सोमबार वर्षा रोकिएको छ’, गिंगोग शहरबाट नागरिक सुरक्षाकर्मी रोबिन्सन लाक्रेले फोनमार्फत एएफपीसँग बताउनुभयो । सामुद्रिक सुरक्षा गार्डले दक्षिणी शहर ओजामिज र नजिकैको क्लारिन शहरका दुई दर्जनभन्दा बढी परिवारका सदस्यलाई उद्धार गरेको जनाएको छ ।

सामुद्रिक सुरक्षागार्डले सार्वजनिक गरेको तस्वीरमा उद्धारकर्ताले रातको समयमा बालबालिकालाई घरहरूबाट उद्धार गरी कम्मरसम्म डुबेको अवस्थामा बाढीको पानी पार गरिरहेको देखिएको छ । नजिकैको दक्षिणी शहर जिमेनेज र टुडेलामा डुबेर तीनजना र एक अन्य गरी चारजनाको मृत्यु भएको छ ।

सुरक्षा गार्डका अनुसार तीव्र हावाहुरी र ठूलो छालका कारण क्रिसमसको दिन मध्य टापू लेटेको तटमा माछा मार्ने एउटा डुंगा डुबेको थियो । चालक दलका दुई सदस्यको मृत्यु भएको छ भने अन्य ६ जनाको उद्धार गरिएको थियो ।

पूर्वी शहर लिब्मानन र तिनामबाकमा क्रिसमसको केही दिनअघि आएको बाढीबाट एक बालिकासहित अन्य दुईजनाको डुबेर मृत्यु भएको नागरिक सुरक्षा कार्यालयले जनाएको छ । १९ जना हराइरहेका छन्, जसमध्ये अधिकांश देशको प्रशान्त महासागरीय तटका निर्वाहमुखी मछुवा हुन् । उनीहरू क्रिसमसको केही दिनअघि कठिन संघर्षका बावजुद समुद्रमा डुबेका थिए । ११ करोड जनसंख्या भएको यो विपत्तिग्रस्त राष्ट्रले क्रिसमसको लामो बिदाको तयारी गरिरहँदा मौसम खराब भएको थियो ।

क्रिसमसका समय लाखौं मानिस पारिवारिक पुनर्मिलनका लागि आफ्नो गृहनगरमा आउने गर्छन् । फिलिपिन्स जलवायु परिवर्तनको प्रभावको हिसाबले सबैभन्दा जोखिमयुक्त राष्ट्रहरूमध्ये एकमा पर्दछ । वैज्ञानिकहरूले संसारभरि तापक्रम बढ्दै जाँदा आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् । रासस÷सिन्हृवा ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP