मंगलबार , अषोज २७, २०८३

तेहरान । इरानमा १९७९ इस्लामिक क्रान्तिपछिको सबैभन्दा लामो सरकार विरोधी प्रदर्शनले शासनलाई हल्लाएको छ तर जनताले भने ठूलो मूल्य चुकाउनु परेको छ । सरकार विरोधी प्रदर्शन १०० दिन पुगेको छ । प्रदर्शनका क्रममा ठूलो मानवीय क्षति भएको छ ।

प्रदर्शनका क्रममा ६९ बालबालिकासहित ५०० जनको मृत्यु भएको मानवअधिकार अभियन्ताको समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ । दुई प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ र कम्तिमा २६ अन्यले उस्तै नियतिको सामना गरिरहेका छन्, जसलाई एम्नेस्टी इन्टरनेसनलले ‘लज्जास्पद मुद्दा’ भनेको छ ।

यद्यपि, यसअघि सन् २०१७ र सन् २०१९ मा भएका राष्ट्रव्यापी प्रदर्शनहरूले इरानमा यसअघि पनि प्रभाव पारेको तर जारी प्रदर्शन अद्वितीय भएको बताइन्छ किनभने प्रदर्शनमा समाजका विभिन्न वर्ग र समुदायका मानिसहरू समावेश छन् । महिलाहरू ‘महिला, जीवन, र स्वतन्त्रता’ नाराअन्तर्गत प्रदर्शनमा देखिएका छन् । केही इरानी सेलिब्रेटीहरूले विरोध प्रदर्शनलाई समर्थन गर्न अपरिवर्तनीय कदमहरू चालेका छन्, जसले उनीहरूलाई गिरफ्तार वा निर्वासनमा पुर्‍याएको छ ।

प्रख्यात इरानी अभिनेत्री तरानेह अलिदुस्तीले एक युवा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएकोमा निन्दा गरेपछि उनलाई कुख्यात इभिन जेलमा राखिएको छ । यसअघि, उनले अनिवार्य बुर्का बिनाको आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP