बुधबार , जेठ १५, २०८२

नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाबाट वस्तुगत सहायतास्वरूप उच्च उत्पादन क्षमताका कोरली बाच्छी र साँढेहरू प्राप्त भएको छ। सरकारले दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भरता हासिल गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सघाउ पुर्‍याउने उद्देश्य राखेको हो।

यसरी सहयोग स्वरूप प्राप्त कोरली बाच्छी र साँढेहरू हेफर इन्टरनेशनल कोरिया र हेफर इन्टरनेशनल नेपालको समन्वयमा नेपाल ल्याइएका हुन्। २०२२ को डिसेम्बर २२ मा ६ वटा साँढे र ३६ वटा कोरली बाच्छी तथा डिसेम्बर २३ मा २१ वटा कोरली बाच्छी नेपाल ल्याइएको हो। हालसम्म जम्मा ६ वटा साँढे र ५७ वटा कोरली बाच्छीहरू नेपाल ल्याइसकिएको छ। डिसेम्बर २५ र २८ मा थप बाच्छी र साँढे नेपाल ल्याइने योजना छ।

प्राप्त पशुमध्ये ८१ वटा कोरली बाच्छी कमलामाई नगरपालिका, सिन्धुलीलाई हस्तान्तरण गरिएको छ। कमलामाई नगरपालिका, सिन्धुलीले हेफर इन्टरनेस्नल नेपाल समेतको सहकार्यमा मोडेल डेरी भिलेज विकासको अवधारणामा कार्यक्रमहरू सञ्चालन गर्नेछ।

सहायतामा प्राप्त भएका ७ कोरली बाच्छीहरू राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम, चितवनमा, ४ वटा गाई आनुवांशिक स्रोत केन्द्र, जिरी र ९ वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा राखिने छ।

वस्तुगत सहायतामा प्राप्त साँढेहरू कृत्रिम गर्भाधानका लागि सिमेन उत्पादन गर्न राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा र लाहानमा राखिने छ। यसरी विभिन्न स्थानमा पालिने कोरली बाच्छीहरू दूध उत्पादन एवं उच्च क्षमताका बाच्छाबाच्छी उत्पादन प्रयोजनका बुल मदर्सको रूपमा रहने छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. दीपककुमार खराल र डा. गोविन्दप्रसाद शर्मालाई ती साँढे र बाच्छी हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्ताव, ओली सहमत


TOP