शुक्रबार , भाद्र १२, २०८३

नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाबाट वस्तुगत सहायतास्वरूप उच्च उत्पादन क्षमताका कोरली बाच्छी र साँढेहरू प्राप्त भएको छ। सरकारले दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भरता हासिल गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सघाउ पुर्‍याउने उद्देश्य राखेको हो।

यसरी सहयोग स्वरूप प्राप्त कोरली बाच्छी र साँढेहरू हेफर इन्टरनेशनल कोरिया र हेफर इन्टरनेशनल नेपालको समन्वयमा नेपाल ल्याइएका हुन्। २०२२ को डिसेम्बर २२ मा ६ वटा साँढे र ३६ वटा कोरली बाच्छी तथा डिसेम्बर २३ मा २१ वटा कोरली बाच्छी नेपाल ल्याइएको हो। हालसम्म जम्मा ६ वटा साँढे र ५७ वटा कोरली बाच्छीहरू नेपाल ल्याइसकिएको छ। डिसेम्बर २५ र २८ मा थप बाच्छी र साँढे नेपाल ल्याइने योजना छ।

प्राप्त पशुमध्ये ८१ वटा कोरली बाच्छी कमलामाई नगरपालिका, सिन्धुलीलाई हस्तान्तरण गरिएको छ। कमलामाई नगरपालिका, सिन्धुलीले हेफर इन्टरनेस्नल नेपाल समेतको सहकार्यमा मोडेल डेरी भिलेज विकासको अवधारणामा कार्यक्रमहरू सञ्चालन गर्नेछ।

सहायतामा प्राप्त भएका ७ कोरली बाच्छीहरू राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम, चितवनमा, ४ वटा गाई आनुवांशिक स्रोत केन्द्र, जिरी र ९ वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा राखिने छ।

वस्तुगत सहायतामा प्राप्त साँढेहरू कृत्रिम गर्भाधानका लागि सिमेन उत्पादन गर्न राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा र लाहानमा राखिने छ। यसरी विभिन्न स्थानमा पालिने कोरली बाच्छीहरू दूध उत्पादन एवं उच्च क्षमताका बाच्छाबाच्छी उत्पादन प्रयोजनका बुल मदर्सको रूपमा रहने छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. दीपककुमार खराल र डा. गोविन्दप्रसाद शर्मालाई ती साँढे र बाच्छी हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP