शनिबार , भाद्र १३, २०८३

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट छैटौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । तेस्रोपटक अर्थमन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक-पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् ।

वर्तमान गठबन्धन निर्माण गर्न सुरुदेखि नै सक्रिय रहेका ६३ वर्षका पौडेल एमालेको गत वर्ष भएको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई पटक अर्थमन्त्री बनेका थिए ।

पहिलोपटक पटक उनी २०५३ सालमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री भएका थिए । त्यसैगरी पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा २०६५ सालमा पौडेल जलस्रोतमन्त्री बनेका थिए । त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्‍मा पौडेल रक्षामन्त्री थिए ।

२०७२ सालमा एमाले अध्यक्ष हुँदा बनेको मन्त्रिपरिषद्‍मा पौडेल अर्थमन्त्री थिए । त्यसैगरी २०७७ सालमा पनि ओलीकै नेतृत्वमा बनेको सरकारमा पौडेल अर्थमन्त्री बनेका थिए ।

२०३५ सालमा अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसन कमिटीबाट राजनीति सुरु गरेका पौडेल ११ वर्ष भूमिगत बसेका थिए । २०४१ सालमा रुपन्देही जिल्ला कमिटीको सचिव बनेका पौडेलले २०४७ सालमा एमालेको केन्द्रीय सदस्य रहँदै आएका छन् ।

त्यसैगरी २०५९ सालमा एमालेको स्थायी कमिटीका सदस्य बनेका पौडेल २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका पौडेल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपाको महासचिव भएका थिए ।

गत वर्ष चितवनमा भएको एमालेको दसौं महाधिवेशनमा उपाध्यक्षमा चयन भएका पौडेल पाँचौं पटक सांसद बनेका हुन् । सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका छन् । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए । २०१६ मंसिर १५ मा स्याङ्जामा जन्मिएका लामो समयदेखि रुपन्देहीको बुटबलमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP