बुधबार , जेठ १, २०८२

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट छैटौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । तेस्रोपटक अर्थमन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक-पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन् ।

वर्तमान गठबन्धन निर्माण गर्न सुरुदेखि नै सक्रिय रहेका ६३ वर्षका पौडेल एमालेको गत वर्ष भएको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई पटक अर्थमन्त्री बनेका थिए ।

पहिलोपटक पटक उनी २०५३ सालमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री भएका थिए । त्यसैगरी पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा २०६५ सालमा पौडेल जलस्रोतमन्त्री बनेका थिए । त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्‍मा पौडेल रक्षामन्त्री थिए ।

२०७२ सालमा एमाले अध्यक्ष हुँदा बनेको मन्त्रिपरिषद्‍मा पौडेल अर्थमन्त्री थिए । त्यसैगरी २०७७ सालमा पनि ओलीकै नेतृत्वमा बनेको सरकारमा पौडेल अर्थमन्त्री बनेका थिए ।

२०३५ सालमा अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसन कमिटीबाट राजनीति सुरु गरेका पौडेल ११ वर्ष भूमिगत बसेका थिए । २०४१ सालमा रुपन्देही जिल्ला कमिटीको सचिव बनेका पौडेलले २०४७ सालमा एमालेको केन्द्रीय सदस्य रहँदै आएका छन् ।

त्यसैगरी २०५९ सालमा एमालेको स्थायी कमिटीका सदस्य बनेका पौडेल २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका पौडेल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपाको महासचिव भएका थिए ।

गत वर्ष चितवनमा भएको एमालेको दसौं महाधिवेशनमा उपाध्यक्षमा चयन भएका पौडेल पाँचौं पटक सांसद बनेका हुन् । सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका छन् । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए । २०१६ मंसिर १५ मा स्याङ्जामा जन्मिएका लामो समयदेखि रुपन्देहीको बुटबलमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP
सोमंबुबिशु