शनिबार , जेठ २५, २०८२

महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्न नेपथ्य दुबइ जानेभएको छ । आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) नेपथ्य ब्याण्ड दुबइमा तेस्रो पटक प्रस्तुत हुँदैछ । चाडपर्वको बेला आफन्तबाट टाढा रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको संगीतमय कोशेलीसहित नेपथ्य दुबइ जान लागेको हो ।

विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबइ शहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको व्यापारिक केन्द्र पनि हो । यो पटक नेपथ्यले दुबइको ‘अल नासेर लिजरल्याण्ड’मा प्रस्तुती गर्नेछ ।

‘आइस स्केटिङलगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबइ आउँदैछौं,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीत यसपटक प्राथमिकतामा परेका छन् ।’

कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो शहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबइ एक्स्पो’का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुई करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए ।

नेपथ्यको प्रस्तुती कर्मभूमि दुबइमा हेर्न पाउने भएपछि त्यहाँका नेपालीले पनि खुसी व्यक्त गरेका छन् । ६ वर्षदेखि एयर अरेबियाको जहाज उडाउँदै आएका पाइलट आयुष मान डंगोलले नेपथ्यको आगमनले नेपालीमाझ दुबइमा हलचल ल्याउने बताए ।

बिरानो मुलुकमा आफूलाई नेपाली हुँ भनेर गर्व गर्ने थोरै अवसरमध्ये नेपथ्य प्रस्तुत हुँदाको क्षण पनि बन्ने गरेको आयुषको अनुभव छ ।

यो कन्सर्टको टिकट दुबइ लगायत आसपासका छेत्रहरुमा समेत उपलब्ध गराइएको छ । स्थानीय आयोजकका अनुसार दुबइमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० युएइ दिराम राखिएको छ ।

कार्यक्रममा सँधैजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने छन् । आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने तयारीमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP