मंगलबार , अषोज २७, २०८३

पछिल्ला केही दिनयता अष्ट्रेलियाको प्रवेशाज्ञामा भएको कडाईसँगै विद्यार्थीले बुझाएको शुल्क फिर्ता गर्न कलेजहरूले ढिलाई गरेका छन्।

यसरी अस्ट्रेलिया पढ्न चाहने हजारौं विद्यार्थीको प्रवेशाज्ञा रद्द हुँदा उनीहरूले शैक्षिक निकायमा बुझाएको मोटो रकम लामो समयसम्म फिर्ता पाएका छैनन्।

यसरी नेपालबाट पढ्न आउने विद्यार्थीको करौडौं रकम यहाँका कलेजले फिर्ता नदिँदा नेपालका शैक्षिक परामर्श केन्द्रहरू पनि समस्यामा पर्न थालेका छन्।

‘हामीले अस्ट्रेलियामा पढ्न जाने तयारी गरेका विद्यार्थीबाट लाखौं रकम पठाएको तीन महिना भइसक्दा पनि फिर्ता पाउन सकिएको छैन’, सिड्नीको एक भेट कलेजमा डिप्लोमा पढ्न भिसा नपाएका रमण बुढाथोकीले भने, ‘यो सरासर गलत काम भइरहेको छ। यता नेपालको कन्सलटेन्सी गयो भने अस्ट्रेलियाको कलेजले फिर्ता दिएको छैन भन्छन्।’

ऋण खोजेर कलेजलाई बुझाएको रकम यति लामो समयसम्म पनि फिर्ता नहुँदा ब्याज बढेर थप आर्थिक भार बढेको उनले बताए।

‘बा आमाले ऋण लिएर पैसा पठाउनुभयो, अब भिसा लागेन फिर्ता गर्नुपर्‍यो भन्दा अनेक बहाना बनाउन थालिएको छ, अब नेपाल सरकारमै उजुरी गर्ने हो कि कता जाने केही थाहा छैन’, उनले सेतोपाटीसँग भने।

अस्ट्रेलिया अध्ययन गर्न आउन चाहने विद्यार्थीले सम्बन्धित कलेज, विश्वविद्यालयबाट अफर लेटर प्राप्त गरिसकेपछि प्रकृया अगाडि बढाउन ट्युसन फी पठाउने गर्छन्। त्यसपछि बल्ल कन्फर्मेसन अफ इनरोलमेन्ट आएपछि भिसा प्रकृया अगाडि बढ्छ।

यसरी धेरै गुनासो आउने शैक्षिक निकायमा सिड्नी र मेलवर्नका भेट कलेजहरू रहेको एक शैक्षिक एजेन्टले बताए।

‘पछिल्लो तीन महिनामा हजारौं नेपाली विद्यार्थीको प्रवेषाज्ञा रद्द हुँदा कयौंले अझैसम्म रकम फिर्ता पाएका छैनन्’, उनले भने, ‘यसरी धेरै गुनासो आउने शैक्षिक निकायमा सिड्नी र मेलबर्नका भेट कलेजहरू छन्।’

अस्ट्रेलियाको शैक्षिक नीति अन्तर्गत यसरी उच्च शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीबाट लिइएको ट्युसन फी ट्युसन प्रोटेक्सन स्कीम अन्तर्गत बचत गरेर राखिनुपर्ने ती एजेन्टले भने।

‘यो रकम चलाउन पाइदैन। स्टुडेन्ट एकाउन्टमा रहेका यस्ता पैसा चलाएको प्रमाण फेला पारे अस्ट्रेलियन स्कील्स क्वालीटी अथोरीटी (आस्क्वा) मा उजुरी गर्न सकिनेछ। त्यति मात्र होइन यस्ता मुद्दाहरू फेयर ट्रेडिङले पनि हेर्न सक्छ। यस्ता विषयमा खुलेआम विद्यार्थीले उजुरी दिन सक्नेछन्’, उनले भने।

तर विद्यार्थीले अफरलेटर हस्ताक्षर गर्दैगर्दा त्यसको पछाडि निकै सानो अक्षरमा लेखिएको रिफन्ड पोलीसी पनि पढ्नुपर्ने जरूरी देखिएको छ। किनकि, त्यसमा यस्ता महत्वपूर्ण विषयहरू समेटिएका हुन्छन्। यो अभिभावक र विद्यार्थीको जिम्मेवारी पनि हो।

यसैबीच चितवन इक्यानका अध्यक्ष समुन्द्र अर्यालले अस्ट्रेलियास्थित नेपालीको लगानीमा खुलेका कलेजले ज्यादती गरेको आरोप लगाएका छन्।

‘नेपाली लगानीका कलेजले जानीजानी शैक्षिक शुल्क फिर्ता गरेको छैनन्। यस्तै पैसा पठाएको नक्कली रिसीप्ट पठाएर विद्यार्थीलाई झुक्काइरहेका छन्,’ उनले भने, ‘यसरी ती कलेजहरुले विद्यार्थीबाट रिफन्ड पोलीसीका नाममा तीस प्रतिशतसम्म फी असुल गरेको र नाम गल्ती राखेर प्रकृयागत ढिलाइ गरेका छन्।’

एउटा जिम्मेवार निकायमा यति धेरै गुनासा आए पनि सम्वन्धित निकायले चासो नदिएको उनले बताए।

अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट्स एलाइन्स (एका) का कोषाध्यक्ष सत्यप्रकाश कँडेल विद्यार्थीका यस्ता थुप्रै गुनासा संघमा समेत आएको बताए। ‘विद्यार्थीको भिसा रद्द हुदै गर्दा नियमन अनुरूप शैक्षिक शुल्क समयमै फिर्ता गर्न आफूहरु पहल गरिरहेका छौ’, कोषाध्यक्ष कँडेलले भने।

एकाका अध्यक्ष रामचन्द्र पौडेल प्रवेशाज्ञा रद्द भएका विद्यार्थीले रिफन्ड अनुरोध गरेपछि तोकिएको समयसी भित्र प्रकृयागत रूपमा कलेजहरूले विद्यार्थीको शैक्षिक शुल्क फिर्ता गर्नुपर्ने बताउँछन्।

ढिलासुस्ती भएको छ भने त्यो उचित होइन। यसलाई सहजिकरण गर्न संस्थागत रुपमा आफू लागि पर्ने अध्यक्ष पौडेलले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP