शनिबार , बैसाख ६, २०८२

नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

स्थानीय समयअनुसार अपराह्न ४:३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफ (जेसीएस)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । यसले दुईवटा मिसाइललाई पानीमा प्रक्षेपण गरेको पनि उल्लेख गरेको छ ।

यो सन् २०२२ मा मात्रै उत्तर कोरियाले ३६औँ पटक प्रहार गरेको क्षेप्यास्त्र हो ।

जापान कोस्ट गार्डले आप्नो रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।

नेता किम जोङ उनको नेतृत्वमा हाल उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको दबाबका बाबजुद आक्रामकरूपमा मिसाइल परीक्षण बढाएको छ । सीएनएमले उल्लेख गरेअनुसार यस वर्षको सुरुमा स्याटेलाइट इमेजरीले यसको भूमिगत आणविक परीक्षण साइटमा विभिन्न गतिविधि देखाएको थियो ।

दक्षिण कोरियाली लडाकु विमानसँग संयुक्त प्रशिक्षणको लागि कोरियाली प्रायद्वीप नजिकै अमेरिकाले आणविक बमवर्षक र उन्नत स्टिल्थ जेट उडान गरेको तीन दिनपछ गरिएको प्रक्षेपणमा उत्तर कोरियाद्वारा कुनै प्रतिक्रिया आएको थिएन । उत्तर कोरियाले यस्तो सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासरूपमा बुझ्ने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP