शुक्रबार , भाद्र १२, २०८३

नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

स्थानीय समयअनुसार अपराह्न ४:३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफ (जेसीएस)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ । यसले दुईवटा मिसाइललाई पानीमा प्रक्षेपण गरेको पनि उल्लेख गरेको छ ।

यो सन् २०२२ मा मात्रै उत्तर कोरियाले ३६औँ पटक प्रहार गरेको क्षेप्यास्त्र हो ।

जापान कोस्ट गार्डले आप्नो रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको बताएको छ ।

नेता किम जोङ उनको नेतृत्वमा हाल उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको दबाबका बाबजुद आक्रामकरूपमा मिसाइल परीक्षण बढाएको छ । सीएनएमले उल्लेख गरेअनुसार यस वर्षको सुरुमा स्याटेलाइट इमेजरीले यसको भूमिगत आणविक परीक्षण साइटमा विभिन्न गतिविधि देखाएको थियो ।

दक्षिण कोरियाली लडाकु विमानसँग संयुक्त प्रशिक्षणको लागि कोरियाली प्रायद्वीप नजिकै अमेरिकाले आणविक बमवर्षक र उन्नत स्टिल्थ जेट उडान गरेको तीन दिनपछ गरिएको प्रक्षेपणमा उत्तर कोरियाद्वारा कुनै प्रतिक्रिया आएको थिएन । उत्तर कोरियाले यस्तो सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासरूपमा बुझ्ने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP