मंगलबार , बैसाख २९, २०८३

डार्विन / चन्द्र प्रकाश गुरुङ्ग
यतिबेला ‘मानवताको लागि संगीत’ नारा बोकि नेपालको बिंभिन्न शहरहरुमा सांगीतिक कार्यक्रमहरुमा ब्यस्त “नेपथ्य” ब्याण्डले सन २०२३ को जनवरी महिनाबाट अष्ट्रेलिया सांगीतिक यात्रा सुरु गर्ने भएको छ, जसको पहिलो श्रृंखला डार्विनमा हुनेछ। STRAIGHT OUTTA HIMALAYAN ले आउदो जनवरी १७ गते आयोजना गर्न लागेको कन्सर्ट भने नेपथ्यको लागि डार्विनमा तेश्रो कन्सर्ट हो। यस अघि सन २०१५ र २०१९ मा नेपथ्यले डार्विनमा आफ्नो सांगीतिक प्रस्तुति दिईसकेका छन् । यस ब्याण्डको पहिलो अष्ट्रेलिया कन्सर्ट भने तमु समाज सिड्नीको आयोजनामा शन २००९ को तमु ल्होछार भएको थियो।

नेपथ्य ब्याण्डको बारेमा र उनीहरुको गीत-संगीतबारे अब कसैले थप उल्लेख गर्नु आवश्यक्ता नै छैन, हरेक उमेर समुह र पुस्तालाई नेपथ्यको गीत संगीत र प्रस्तुतिले लोभ्याईसकेको छ। आफ्नो पृथक पहिचान शिखरमा पुराईसकेको यस ब्याण्डले आफ्नो दर्शक र श्रोतालाई जहिलेसुकै जुनै परिस्थितिमा पनि सन्तुष्ट पर्न सफल भएको छ। नेपथ्य ब्याण्डको पहिलो अष्ट्रेलिया टुरमा सिड्नीमा कन्सर्ट हुनु भन्दा एकदिन अगाडी एकजना ब्याण्ड मेम्बरलाई पितृसोक पर्न गयो, यस्तो बिषम परिसि्थितिमा पनि उनीहरुको प्रस्तुतिमा दर्शकले कुनै फरक महशुस पाउन सकेन। त्यसैगरि सन २०१५ को अष्ट्रेलिया यात्रकै क्रममा नेपालमा महाभुकम्प गयो जसको कारण संसारभरिका नेपालीहरु सोकमा डुबे, स्थिति अत्यन्त अन्योल थियो, कसैले केहि अनुमान गर्न सकिरहेको थिएन तर अबस्था अनुसार नेपथ्य ब्याण्डले दर्शक श्रोताको मन जित्ने किसिमले आफ्नो प्रस्तुति दिन सफल भयो।यी र यस्तै बिशेषता हरुले गर्दानै नेपथ्य ब्याण्डका फ्यानहरु अनगीन्ती छन।

तोकिएको समयमा आफ्नो प्रस्तुति सुरु गरिहाल्ने र आवश्यक मापडण्ड अनुरुप प्राबिधिक सामाग्री नभएसम्म प्रस्तुति नगर्ने आडान जस्ता बिशेषताले पनि नेपथ्यले सम्पुर्ण नेपाली समुदायलाई राम्रो शिक्षा दिएको छ। अझैपनि हामी नेपाली संलग्न कार्यक्रम हरु कमै मात्र निर्धारित समयमा सुरु हुने गर्दछ। २०१५ मा भएको डार्विनको पहिलो कन्सर्ट मा नेपथ्यको मापडण्डअनुरुप भौतिक र प्रबिघिक सामाग्रीहरु आयोजकले जुटाउन सकेको थिएन। त्यसबेला ब्याण्ड म्यानेजर आफै तयारीमा जुटेर कन्सर्ट सफल भयो। खुला मन्चमा सॉझ मात्र प्रस्तुति दिन रुचाउने नेपथ्यब्याणलाई २०१९ मा डार्विन मा भएको दोश्रो कन्सर्ट हल भित्र भएकोले त्यती सन्तुष्टी मिलेन। यहॉको गर्मीले गर्दा बाहिर खुला मन्चमा कन्सर्ट गर्दा पनि समस्या नै हुने देखिन्छ । त्यसपछि ब्यण्ले डार्विनमा उपयुक्त ठॉउको खोजीगर्न थाल्यो । दिनभरिको डार्विन घुमफिर पछि मेनेजर किरण श्रेष्ठले DARWIN ENTERTAINMENT CENTRE नेपथ्य कन्सर्टको लागि उपयुक्त हुने र आगामी कन्सर्ट त्यहॉ गर्न चाहेको बताए।

DARWIN ENTERTAINMENT CENTRE मा कन्सर्ट गर्नु आर्थिक हिसाबले सजिलो छैन तर यहॉ हरेक उमेर समुहले भरपुर आनान्द लिन सकिनेछ। यही कुरालाई मध्यनजर राखेर यस पटक नेपथ्यको कन्सर्ट आयोजक ले DARWIN ENTERTAINMENT CENTRE मै गर्ने भएको छ।डार्विनबासी नेपथ्य फ्यानहरु र सम्पुर्ण दर्शकहरुको चाहाना र भरोसाले गर्दा नै महंगो देखीय पनि यही हल चुनेको आयोजक STRAIGHT OUTTA HIMALAYAN का सुबिन कंडेल बताउछन। कन्सर्टको लागि अनलाईन अर्लिबर्ड प्रथम चरणका टिकटहरु बिक्री भैसकेका छन भने बॉकि टिकटहरु अनलाईनमा उपलब्ध छन। नेपालबाट आउनु भएका अबिभावक र ईन्टरनेट चलाउन नचाहने हरुका लागि  प्रिन्टेट टिकटको पनि ब्यवस्था गरिएको छ। आश छ यसपटक नेपथ्यले डार्विनका दर्शकहरुलाई भर्खरै रिलिज गरिएका नयॉगीतहरु समेत गाएर भरपुर मनोरंजन दिनेछ। कार्यक्रम सफलताको लागि पुराखबर हार्दिक शुभकामना ब्यक्त गर्दछ।

टीकट को लागि:

https://mpv.tickets.com/?orgid=55073&agency=DENV_PL_MPV&eventI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP