मंगलबार , बैसाख २९, २०८३

नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाका एक यस्ता वडा अध्यक्ष जसले आफ्नो मासिक सुविधालाई वडाबासीको तीर्थयात्रा गराउँदै धार्मिक काममा लगाउँदै आएका छन् ।

विभिन्न वडाका वडअध्यक्षहरु आफ्नो पदको दुरुपयोग गर्ने, अत्यधिक सेवा सुविधाको दौडमा लाग्ने गरे पनि रामग्राम नगरपालिका वडा नं.८ का वडाअध्यक्ष महेन्द्र ठाकुर विगत ६ बर्षदेखि निरन्तर मासिक पाउने सुविधालाई धार्मिक कार्यमा उपयोग गर्दै आएका हुन् ।

उनी पहिलो कार्यकालको पाँच बर्षको र अहिले दोश्रो कार्यकालको पहिलो बर्षको पनि सुविधा यस्तै कार्यमा खर्चने गरेको सुनाए । नगरपालिकाबाट आउने वडा अध्यक्षको सबै सुविधाको रकम उनी वडाका जेष्ठ नागरिक तथा महिला विपन्नलाई तिर्थ यात्रा गराउने, श्रीमदभागवन कथा सुनाउनेमा खर्च गर्दै आएका छन् । कुनै कुनै गरिब विपन्न परिवारका छोरी चेलीको विवाहमा समेत त्यसै रकमबाट सहयोग गर्ने गरेको उनले बताए । “हालसम्म ५ सय भन्दा बढी जेष्ठ नागरिक, महिला, विपन्नलाई धार्मिक तीर्थ यात्रा गराइएको छ”– उनले भने, “त्यस मध्ये ५० जोडीले तीर्थयात्रा गरेर फर्केपछि श्रीमदभागवत कथा सुन्ने इच्छा गरे पश्चात त्यो पनि सुनाउने कार्य गरिएको छ ।”

“आफ्नो दैनिकीका लागि आफ्नै ब्यवसाय छ”, उनले भने, “जनताले नै जिताएर मलाई वडाअध्यक्ष बनाएका छन् । जेष्ठ नागरिक, विपन्न परिवार, एकल महिलाहरुको पनि मलाई आशिर्वाद छ । अहिले दोस्रो पटक चुनाव जिताए, मैले चुनाव जितेर वडाअध्यक्षको भुमिका निर्वाह गर्दै आएको छु । सेवा गर्ने मौका पाएँ, सेवा गर्दै आएको छु, र आफ्नो ब्यवसाय पनि चलाएको छु ।” सुविधाका लागि आफूले चुनाव नलडेको पनि उनले बताए । “वडामा सेवा गर्ने अवसर गाउँलेले दिएका हुन् । त्यै भएर पनि सरकारी सुविधाको रकम आफुले तिनै गाउँका जेष्ठ नागरिक, विपन्न परिवारको चाहनामा लगाइदिएको छु । गाउँलेको पुरै सहयोग हुन्छ । उनीहरुकै आशिर्वादले पुनः मलाई वडा अध्यक्षमा जिताईदिएका छन् । यो कार्यकाल पनि मैले पाउने सुविधा तिनैमा खर्च हुन्छ ।”

गाउँमा देखिएको एकताले प्रदेश सरकार तथा साँसद विकास कोषको रकम पनि विकासका लागि आउन थालेको छ । विकासलाई समेत सहज बनाएको छ । कुनै समस्या पर्दा गाउँले सबै जुटिहाल्छन् । वडाअध्यक्ष ठाकुर भन्छन्, “जनताको सेवा गर्न पाउनु मेरो सौभाग्य हो ।” नेपाली काँग्रेसबाट बिजयी भएका वडाअध्यक्ष ठाकुरले भने, “अगामी दिनमा पार्टीले टिकट दियो भने मेयरमा चुनाव लड्ने इच्छा छ, जुन मैले वडास्तरमा काम गरे त्यो नगरभरीलाई विस्तार गर्ने सोच छ ।”

आफु ब्यवसायी भएको हुँदा लामो समय तिर्थ यात्रामा जान गाहे छ, तर ती फुर्सदमा भएका, तिर्थ इच्छा भएका ब्यक्तिलाई तिर्थयात्रा गराईदिदा आफु नै तिर्थ यात्रामा गए जस्तो महसुस हुने उनी बताउँछन् । त्यस्ता धार्मिक कार्यमा ३० लाख भन्दा बढी सहयोग गरिसकिएको अनुमान उनले सुनाए । यो कार्य आफु पदासिन हँुदासम्म निरन्तर चल्ने प्रतिवद्धता पनि जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP