
जनसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा इलाका इन्चार्ज किरणले वार्ताको औचित्य प्रष्ट पार्दै पुरानो संसदीय ब्यबस्थाको असफल भैसकेकोले बैज्ञानिक समाजबादी व्यबस्थाको खाँचो रहेको बताएका थिए । उनले भने ‘जनमतको कदर गर्न हाम्रो पार्टी तयार छ, त्यसकालागि संसदीय ब्यबस्था र बैज्ञानिक समाजबादी व्यबस्थाको बिच जनमतसंग्रह आबस्यक छ ।’
बार्ता केवल सत्ता साझेदारीका लागि नभएर ब्यबस्था परिवर्तनका लागि हुनुपर्नेमा उनको जोड रहेको थियो ।
त्यसैगरी ने.क.पा. माथीको प्रतिबन्ध फुकुवा सहितका जनपक्षीय सहमतिहरु स्वागत गर्दै ने.क.पा. थबाङद्वारा आजै सुक्रबार र्याली र कोण सभा सम्पन्न भएको छ । रोल्पाका विभिन्न स्थानमा र्याली तथा जनसभाहरु सम्पन्न भएका छन् ।