मंगलबार , असार २३, २०८३

बुटवल, ८ पुस ।

तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन बढावा दिने उद्देश्यका साथ रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले रेलको शिलन्यास गरेका हुन् ।

तिलोत्तमा नगरपालिकाको गौरबको आयोजनाका रुपमा अगाडि सारेको उनले बताए । यो तिलोत्तमा नगरबासीको समग्र साथ र सहयोगमा परियोजना समपन्न हुने आशा उनले ब्यक्त गरे । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार विगाहामा नया शहर विकास गर्ने काम समेत अघि बढिरहेको उनले बताए । धेरै परियोजनाहरु नगरमा संचालन भैरहेको उनले बताए ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडिबी लगायत दातृ निकायहरुको सहयोगमा परियोजना चलाउन लागेको बताए ।
एक वर्षभित्र ४ किलोमिटरको तयारी पुरा गरेर संचालन हुने उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको उनले जानकारी दिए ।

रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलाई भएको बताए । कुल ८ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा संचालन हुनेछ । श्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाईएको उनले बताए । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उनले बताए । चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल संचालन हुने उनले बताए ।

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाईट रेल्वे भएको उनले बताए । रेल सेवामा दैनिक ३० हजार, ८ लाख मासिक र वर्षमा १ करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उनले बताए । यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब बचत हुने उनले दाबी गरे ।

परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउने छन् । ६ वटा ट्राम टाईगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उनले बताए । एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उनले बताए । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाईवेलाई जोड्ने गरी स्तरवृद्घि र विकास गर्ने लक्ष्य रहेको उनले बताए । रेल्वेमा ५ सय ५० जना संस्थापक सदस्य रहेको उनले बताए ।
कार्यक्रममा सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्बे संचालन गर्न आफुहरु आतुर रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP