मंगलबार , अषोज २७, २०८३

पाकिस्तानको राजधानी इस्लामाबादमा पुलिस चौकीमा आत्मघाती विष्फोट हुँदा एक प्रहरीसहित तीनजनाको मृत्यु भएको छ। सो घटनामा परी ६ जना घाइते भएका छन्।

इस्लामाबाद पुलिसका डीआईजी सोहेल जफर चटटाका अनुसार इगल स्क्वाडले चेक प्वाइन्टमा शंकास्पद ट्याक्सीलाई चेकजाँच गर्नेक्रममा आइ-१४ सेक्टरमा घटना भएको हो।

उनका अनुसार चेकजाँच भइरहेका बेला ट्याक्सीमा सवारी एक व्यक्तिले विष्फोट गराएका हुन्।

विष्फोटमा एक महिला र विष्फोट गराउने व्यक्तिको मृत्यु भएको छ।

चेकजाँचमा खटिएका एक प्रहरीको पनि मृत्यु भएको बताइएको छ।

विष्फोट गराउने व्यक्तिको भने पहिचान खुलेको छैन।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरीफले घटनाको निन्दा गर्दै आधिकारिकहरुलाई घटनाको रिपोर्ट गर्न आग्रह गरेका छन्।

विष्फोट लगत्तै कारमा आगलागी भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP