मंगलबार , अषोज २७, २०८३

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणलाई पहिलोपटक युद्ध भनेका छन्।

यसअघि विशेष सैन्य अपरेशन बताउने गरेका पुटिनले बिहीबार दुई मुलुकबीचको द्वन्द्वलाई पहिलोपटक युद्ध भनेको सिएनएनले जनाएको छ।

‘हाम्रो लक्ष्य दुई मुलुकबीचको सैन्य द्वन्द्वलाई बढाउने भन्दा पनि यो युद्धको अन्त्य हो। युद्ध बढाउने पक्षमा हामी कहिल्यै छैनौँ,’ पुटिनले भनेका छन्।

गत मार्चदेखि आलोचकलाई युक्रेनमाथिको आक्रमणलाई युद्धको संज्ञा दिन रूसमा निषेध थियो। विशेष कानुनमार्फत रूसको आक्रमणलाई युद्ध भनेमा जरिवाना देखि १५ वर्षसम्म जेल सजाए तोकिएको थियो।

युक्रेनमाथिको आक्रमणलाई पुटिनले युद्धको संज्ञा भुलवश भने नदिएको जानकारको मत छ।

रूसले फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेको थियो। युक्रेनले उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) को सदस्यता लिँदै  सुरक्षा चुनौती बढाउन खोजेको भन्दै रूसले आक्रमण गरेको थियो।

दुई मुलुकको द्वद्वमा हालसम्म दुबै पक्षका १-१ लाख सेनाको मृत्यु भएको छ भने दुबै पक्षका ४० हजार भन्दा बढी नागरिकले ज्यान गुमाएका छन्।

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार युद्धका कारण ७० लाख ८० हजार मानिस शरणार्थी बनेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP