सोमबार , अषोज २६, २०८३

घाम लागेको बेलामा सोलार प्यानलले काम गर्ने तर घाम छेकिंदा ब्याट्री चार्ज नभएर सौर्य विद्युत प्रयोग गर्न नपाउने समस्याले सौर्य विद्युत उपभोक्ताहरु पीडित रहँदै आएका छन् । यो समस्यालाई समाधान गर्नका लागि कालिका मानवज्ञान माविमा विज्ञान विषय पढ्ने विद्यार्थीहरुले स्मार्ट सोलार यन्त्र तयार गरेका छन् ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले बनाएको स्मार्ट सोलार प्रणालीमा जडित सोलार पाता प्रकाश पर्ने दिशामा स्वचालित रुपमा घुम्ने गर्छ । जुन दिशाबाट बढी प्रकाश आउँछ त्यही दिशामा सोलार पाता फर्कने भएकोले सौर्य ब्याट्री बढी चार्ज हुन पाउने र उपभोक्ताहरुले निर्वाध रुपमा सौर्य विद्युत उपभोग गर्न पाउने भएकोले यस्तो यन्त्रको प्रवर्द्धन गर्नुपर्ने विद्यार्थी सन्दिप वस्तीले बताए ।

विज्ञानका विद्यार्थीहरु सन्दिप वस्ती, सफल अर्याल, विपिन रिमाल, करुणा भुसाल र अनुज पोख्रेलको समूहले यो यन्त्र बनाएको हो । घरायसी प्रयोगको लागि यो यन्त्र सोलार सिस्टम बाहेक थप दस हजार रुपैयाँमा तयार गर्न सकिने उनीहरुको बनाई छ ।

कालिका मानवज्ञान माविको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा स्मार्ट सोलार सिस्टम प्रदर्शन गरिएको थियो । यस प्रदर्शनीमा विद्यार्थीहरुले आफुले बनाएका सय भन्दा बढी सामग्रीहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP