मंगलबार , अषोज २७, २०८३

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले बिहीबार बंगलादेसँग खेल्दैछ। नेपाली समयअनुसार दिउँसो ३:४५ बजे हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ।.

पहिलो खेलमा जितसहित नेपाल प्रतियोगिताको सुखद् सुरुआतको अपेक्षासहित कोर्टमा उत्रिँदै छ। प्रतियोगिताका लागि खेलाडी छनोट तथा टिम निर्माणमा एक महिनामा भएको थियो। त्यसैले छोटो सयमको तयारीपछि बंगलादेश पुगेको नेपाली टिमको कठिन परीक्षा हुने निश्चित छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्र्टले नेपाल जितका लागि खेल्ने बताउँछन्। छोटो तयारी र अनुभवको कमीका बाबजुद नेपालले आफ्नो उत्कृष्ट दिने प्रशिक्षक भट्टले बताए।

‘पहिलो पटक काभा यू–२३ पुरुष भलिबल टिम तयार पारेका हौं। खेलाडीमा अनुभवको कमी छ। हामीले तयारी पनि एक महिना  मात्र गर्न पायौं। तर, हामीसँग भएको सबै अनुभव यहाँ लगाउने छौं,’ उनले भने।

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टिम मंगलबार बंगलादेशको राजधानी ढाका आएको थियो। च्याम्पियनसिप आज देखि ११ गतेसम्म आयोजना हुनेछ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार मुलुकको सहभागिता छ। नेपालले दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग र पुष ९ गते किर्गिस्तानसँग लिग चरणको अन्तिम खेल खेल्ने छ।

नेपाल भलिबल संघ (एनभीए)ले खुला छनोटबाट ८० खेलाडी चुनेको थियो। दोस्रो चरणमा ८० बाट २० जनामा घटाइएका खेलाडीबाट १४ जनाको अन्तिम टिम घोषणा भएको थियो।

बंगलादेश पुगेको नेपाली टिमः धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रूपबहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, वेशप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे, भीमराज गुरुङ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP