मंगलबार , बैसाख २९, २०८३

तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरूलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसङ्घीय वुमन (युएन वुमन) का कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गरेकी हुन् ।


उनले भनेकी छन्– ‘अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ । शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ ।’



तालिबान सरकारका शिक्षा मन्त्रीले यसै हप्ता तालिबान सरकारले सो निर्णय गरेको बताएका थिए । अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबन्धित गरेको घटनाको सबैतिर विरोध भएको छ ।



मङ्गलबार मात्र पनि अफगानिस्तानमा लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधि रोजा ओटुन्बोयाले विज्ञप्ति प्रकाशन गरेर यसको विरोध गरेकी छन् । उनले यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएको धारणा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले राखेका छन् ।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरूलाई धेरै सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध लगाएको छ र अहिले पछिल्लो समयमा आएर उनीहरू विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।

तालिबानहरुले यहाँका महिला अधिकारको हनन् गरिरहेकाले संयुक्त राष्ट्रसङ्घीय सभा तथा बैठकहरूमा यस्ता विषयमा कुरा उठाउनुपर्ने धारणा पनि राखिएको छ । बहाउसले बुधबार एक अपिल जारी गर्दै अफगानिस्तानको विकासका लागि त्यहाँका महिलाको पनि ठूलो योगदान रहेकाले यस्तो निर्णय तत्कालै सच्याएर यहाँका सबै नागरिकले उचित र न्यायपूर्ण रुपमा शिक्षा लिन पाउने अधिकारको रक्षा गर्न पाउनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP