मंगलबार , अषोज २७, २०८३

विश्व विजेता कप्तान लियोनेल मेस्सीको तस्बिर अर्जेन्टिनाको नोटमा राख्ने तयारी गरिएको छ । एल फाइनासिएरो पत्रिका अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको तस्बिर राखेर नयाँ नोट छाप्ने तयारी गरेको हो ।


सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा अर्जेन्टिनाको केन्द्रीय बैंकले त्यस जीतलाई दर्साउने सिक्का जारी गरेको थियो । पत्रिकाका अनुसार मेस्सीले नम्बर १० को जर्सी लगाउने हुँदा १ हजार पेसोमा उनको तस्बिर राख्ने बारेमा छलफल गरिएको छ ।



कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनाले फाइनलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएको थियो । फाइनलमा मेस्सीले दुई गोल गरेका थिए भने पेनाल्टी सुटआउट पनि गोल गरेका थिए । हाल मेस्सीले अर्जेन्टिनामा जीतको खुसीयाली मनाइरहेका छन् ।
द सनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP