मंगलबार , अषोज २७, २०८३

ब्राजिलका ‘महान’ खेलाडी पेलेको क्यान्सर बढेको अस्पतालले जनाएको छ।

तीन पटकको विश्व विजेता पेले तीन साताभन्दा बढी समयदेखि क्यान्सरबाट पीडित भएर अस्पतालमा उपचाररत छन्।

पेलेकी छोरीले सामाजिक सञ्जालमा लेख्दै यसपालिको क्रिसमस अस्पतालमै बिताउने जानकारी दिएकी छन्।

अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका पेलेको क्यान्सर बढेको अस्पतालले जनाएको छ। पेलेको क्यान्सर रोग थप बढेकाले यसबाट मुटु र मृगौलामा असर पर्नसक्ने भन्दै थप हेरचाह आवश्यक रहेको अस्पतालले जनाएको छ।

सेप्टेम्बर २०२१ मा पेलेको पेटबाट ट्युमर हटाइएको थियो। त्यसपछि उनको नियमित उपचार भइरहेको छ।

‘हाम्रो घरमा क्रिसमस निलम्बित गरिएको छ,’ पेलेकी छोरी केली नासिमेन्टोले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘डाक्टरहरूको सुझाव अनुसार हामी अझै केही समय अस्पतालकै हेरचाहमा बस्नेछौ।’

उनी भर्ना भएलगत्तै, साओ पाउलोको अस्पतालले पेलेलाई श्वासप्रश्वासको संक्रमणमा सुधार आएको प्रतिक्रिया दिएको थियो। उनले केमोथेरापी उपचारको पुन: सुरू गरिएको बताएको थियो।

९२ खेलबाट ७७ अन्तर्राष्ट्रिय गोल गरेका पेले ब्राजिलको सबैभन्दा धेरै गोलकर्ता हुन्। उनले आफ्नो देशलाई सन् १९५८, सन् १९६२ र सन् १९७० को विश्वकप जिताएका थिए।

ब्राजिलका खेलाडीहरूले हालै कतारमा सम्पन्न विश्वकपमा प्रि-क्वार्टरफाइनलमा दक्षिण कोरियामाथि जित हासिल गरेपछि पेलेलाई उनको नाम र तस्विरसहितको ब्यानर बोकेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP