मंगलबार , अषोज २७, २०८३

एक महिने सांगीतिक यात्रामा निस्किएको नेपथ्यले सुर्खेतमा कन्सर्ट सम्पन्न गरेको छ।

‘मानवताका लागि संगीत’ भन्ने नाराका साथ देश दौडाहामा निस्केको नेपथ्यले सातौं कन्सर्ट सम्पन्न गरेको हो।

मानव सेवा आश्रमले मेचीदेखि महाकालीसम्मका १० ठूला सहरमा नेपथ्य लाइभ कन्सर्ट गर्दैछ। मंसिर १६ गते विराटनगरबाट सुरु भएको संगीतिक यात्रा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको हो।

सुर्खेतमा नेपथ्यले पहिलो प्रस्तुतिको रुपमा ‘आँगनै भरि’ गीतबाट सुरु गरेको थियो। नेपथ्यका प्रमुख गायक अमृत गुरुङले झण्डै २ दर्जनभन्दा धेरै गीत प्रस्तुत गरेका थिए।

मञ्चमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

सुर्खेतको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली बुटवलतर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा बुटवलको ‘रामनगर खेलमैदान’ मा नेपथ्य पुस ९ गते शनिबार प्रस्तुत हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP