सोमबार , अषोज २६, २०८३

नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६–१, २–६ र ६–४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् ।
उक्त स्पर्धामा भारतकी सराह चौधरीले नेपालकी आद्या पौड्याललाई ६–४ र ६–२ तथा भारतकी तनिशा भत्नागरले नेपालकी जेनी खड्कालाई ६–१ र ६–२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगे ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले हङकङका छुइन हेइ करिसन फुङलाई ४–६, ६–१ र ६–२, नेपालका राजवीर प्रधानले भारतका इशान बदाकीलाई ६–० र ६–४, हङकङका वान हिम दोनोभान यिमले भारतका भिभान मिर्धालाई ६–२ र ६–१ तथा हङकङका कि छियोङ मोरिस ताङले पाकिस्तानका जोहब अफ्जल मलिकलाई ६–१ र ६–० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइज डबल्समा भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीले नेपालका शास्वत वज्राचार्य र भारतका आदित्य सिंहको जोडीलाई ६–४ र ६–१ तथा हङकङका छियोङ र वानको जोडीले पाकिस्तानका अफ्जल र यमनका हमुद इयादको जोडीलाई ६–१ र ६–१ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

त्यसैगरी नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीले बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्केको जोडीलाई ६–० र ६–० तथा भारतका सिद्धार्थ र भिभानको जोडीले हङकङका छुइन र भारतका किशोर श्रीरामको जोडीलाई ६–३ र ७–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP