शुक्रबार , जेठ २४, २०८२

विश्वकपको उपाधी उपचालेर स्वदेश फर्किएको अर्जेन्टिनी टिमका खेलाडी दुर्घटनाबाट जोगिएका छन्। विजयउत्सव मनाउने क्रममा बसको छतमा बसेर खुसियाली साटासाट गरिरहेका खेलाडीलाई झण्डै करेन्ट लाग्यो। सावधानी अपनाउँदै खेलाडीले बिजुलीको तार छले।

सामाजिक सञ्जाल ट्वीटरबाट सार्वजनिक भिडियोमा अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहितका पाँच खेलाडी दुर्घटनाबाट जोगिएका हुन्।

बसको छतमा रहेका मेसीहसति एन्जल डी मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डीले टाउको निहुराएर बिजुलीको तार छलेका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

विजयउत्सव मनाउँदा एकको मृत्यु
विजयउत्सव मनाउने क्रममा अर्जेन्टिनी एक समर्थकको मृत्यु भएको छ। विश्वकप विजेता टोलीको समर्थनमा खुसीयाली मनाउने क्रममा एक जनाको मृत्यु भएको हो। पाँच जना गम्भीर घाइते भएका छन्।

फुटबल टोलीको समर्थनमा उफ्रिने क्रममा बसको छतबाट खसेर २४ वर्षका युवाको मृत्यु भएको हो। आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्नेहरू पाँच जना घाइते छन्।

कतारमा आइतबार सम्पन्न विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधी जितेको थियो। विश्वकपको उपाधीसहित स्वदेश फर्किएको टिमको समर्थनमा ब्यूनर्स आयर्सको सडकमा ४० लाख मानिस उत्रिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP