मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय खेलकुद परिषद्ले नेपाल तेक्वान्दो संघ र नेपाल उसु महासंघ विघटन गरेको छ। तेक्वान्दोमा उही प्रकृतिको दुई संघ रहेको तथा उसुमा आन्तरिक द्वन्द्व र परिषद्को निर्देशनको अवज्ञा गरेकाले विघटन गरी तदर्थ समिति बनाएको राष्ट्रिय खेलकुद परिषद् कानुन शाखाका प्रमुख नारायणराज अर्यालले जानकारी दिए।

‘तेक्वान्दोमा दुई वटा संघ अस्तित्वमा भएकाले दुवै संघलाई विघटन गरी तदर्थ कमिटी निर्माण गरिएको हो। उसु संघको आन्तरिक द्वन्द्व, परिषद्को निर्देशनको अवज्ञा र आयब्यय नबुझाएकाले विघटन गरिएको हो’, अर्यालले भने, ‘दुवै तदर्थ कमिटीलाई तीन महिनाभित्र निर्वाचन गर्न भनिएको छ।’

परिषद्का उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा गठित विवाद समाधान निरुपण समितिको सिफारिस बमोजिम कात्तिक २४ को मन्त्रीस्तरीय निर्णय अनुसार परिषद्ले संघ विघटन गरेको हो।

तेक्वान्दो महासंघको तदर्थ कमिटीमा प्रदीप जोशी अध्यक्ष छन्। यस्तै भानबहादुर चन्द उपाध्यक्ष, इन्द्रमान तुलाधर महासचिव, राजकुमार कार्की उपमहासचिव र अशोक खड्का कोषाध्यक्ष छन्। यसैगरी राखेप बोर्ड सदस्य जनक बर्तौलाको अध्यक्षतामा उसु महासंघको तदर्थ कमिटी गठन गरिएको छ। वरिष्ठ उपाध्यक्षमा शैलेश कर्माचार्य, उपाध्यक्षमा दीपक लामा छन्। यस्तै महासचिवमा नवराज ढुंगाना र उपमहासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत र कोषाध्यक्षमा शंकर भुजेल छन्।

तेक्वान्दो महासंघको उपाध्यक्षमा राखिएका भानबहादुर चन्दले आफूसँग कुनै सल्लाह नै नगरी तदर्थ कमिटीमा आफूखुसी नाम राखिएको बताए। ‘यस विषयमा मसँग कुनै छलफल नै भएको छैन। एक्कासी उपाध्यक्षमा आफ्नो नाम रहेको थाहा पाउँदा आश्चर्य लागेको छ’, चन्दले भने, ‘यस बारेमा कसरी अगाडि बढ्ने भनेर बुधबार छलफल गरेर थप निर्णय गर्नेछौं।’

नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामाले परिषद्ले दोष थोपरेजस्तो महासंघमा कुनै पनि आन्तरिक विवाद नभएको र परिषद्को नीति निर्देशन मानेर नै अगाडि बढिरहेको बताए। ‘हामी सबै पदाधिकारी एकढिक्का भएर काम गरिरहेका छौं। महासंघमा कुनै विवाद नै छैन। परिषद्को निर्देशन पनि पालना गर्दै आएका छौं। खेलकुद गतिविधि पनि गरिरहेकै छौं’, उनी भन्छन्, ‘जनक बर्तौलालाई जसरी पनि अध्यक्ष बनाउन हामीलाई नभएको दोष थोपरिएको मात्रै हो। जबजस्ती गर्ने काम भयो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP