मंगलबार , बैसाख २९, २०८३

कतारमा सम्पन्न विश्वकप २०२२ जितेर घर फर्किएको अर्जेन्टिनी फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय टोलीलाई स्वागत गर्न अर्जेन्टिनामा हजारौं प्रशंसकहरू मध्यरातमा लाइनमै उभिएका छन्।

मंगलबार कप्तान लियोनल मेस्सीसहित विश्वकप विजेता टोली अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै प्रशंसकहरूलाई हात हल्लाउँदै अभिभावन गरे । आइतबारको रोमाञ्चक फाइनल खेलमा फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वविजेता बनेको अर्जेन्टिनी टोली मंगलबार स्वदेश फर्किएको हो ।

खेलाडीहरू विमानस्थलमा स्वागत ग्रहण गर्दै विमानस्थल नजिकैको अर्जेन्टिनी फुटबल संघ (एएफए) प्रशिक्षण परिसरमा रात बिताउने छन् । त्यसपछि उनीहरूले ब्युनर्स आयर्स परिक्रमा गर्ने कार्यतालिका छ । सहरमा उनीहरूको स्वागतका लागि दशौं हजार अर्जेन्टिनी नागरिकहरू सडकमा उत्रिने अपेक्षा गरिएको छ ।

जसका लागि राष्ट्रपति अल्बेर्तो फर्नान्डेजले राष्ट्रिय विदासमेत घोषणा गरिसकेका छन् । फाइनलमा २ गोल गरेका कप्तान मेस्सी विमानस्थलबाट बाहिरिँदै गर्दा हातमा विश्वकप उचाल्दै सबैभन्दा अगाडि देखिएका थिए । उनकै साथमा कोच लियोनल स्कालोनी पनि थिए ।

यसैबीच निकोलन टाग्लिफिकोले विमानको एक यात्रु सिटमा विश्वकपलाई सिटबेल्टले बाँधिराखिएको एक तस्बिर सार्वजनिक गरेका थिए । साथै विमानको पुछारमा मेस्सीको अर्को तस्बिर समेत सार्वजनिक गर्दै उनले लेखेका थिए ‘एक टोली, एक देश, एक सपना’।

अर्जेन्टिनी प्रशंसकहरूले कतार विश्वकपमा अनौपचारिक रुपमा राष्ट्रगान जस्तै गरी गाउने गरेको एउटा लोकप्रिय गीत ‘मुचाचोस’ को धुन बजाउँदै टोलीको स्वागत गरिएको थियो । जुन गीत अर्जेन्टिनी एक खेल प्रशंसकले लेखेका थिए । हाल त्यहाँको रक ब्यान्ड ला मोस्काले राष्ट्रिय टोलीको स्वागतका लागि गाएको हो।

अर्जेनटिनाले यसअघि १९८६ मा विश्वकप जितेको थियो । महान फुटबलर डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले त्यसबेला विश्वकप जित्दा हालका कप्तान मेस्सी भने जन्मिएका पनि थिएनन् । खेल करिअरको अन्त्यतिर आइपुग्दा ३६ वर्षीय मेस्सीका लागि यसपटकको विश्वकप जित्नैपर्ने दबाब उत्पन्न भएको थियो । कतार विश्वकपमा अर्जेन्टिनालाई जिताएसँगै मेस्सी सर्वाधिक दोस्रो गोलकर्ताको पनि रेकर्ड राखेका छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP