मंगलबार , अषोज २७, २०८३

भैरहवा ।भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशाला प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जिल्लामा क्रिकेटको विकास र कलेजहरुमा रहेका खेलाडीहरुको खेलकौशल प्रस्फुटन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको जनाएका छन् ।

‘विगतमा रुपन्देहीबाट राष्ट्रिय टिममा धेरै खेलाडीको बर्चश्व हुने गथ्र्यो, अहिले केही कमी भएको छ’, संघका अध्यक्ष हरिबहादुर थापाले भने, ‘हामीले विद्यालय र कलेजस्तरबाट अधिक खेलाडीहरु उत्पादन गर्न चाहन्छौं । धेरै खेलाडी उत्पादन भ एभने पक्कै पनि विगतको जस्तै राष्ट्रिय टिममा वर्चश्व राख्नेछन् ।’ उनले नयाँनयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकास गर्ने आफूहरुको लक्ष्य भएको बताए ।

पुस ५ देखि १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता रहने छ । आयोजकका अनुसार हरेक कलेजले आफ्नो टिममा बढीमा दुईजना बाह्य खेलाडी राख्न सक्नेछन् । यसका लागि नेपाली खेलाडी अनिवार्य गरिएको छ । आयोजकले प्रतियोगितामा जिल्लाका धेरै कलेजहरुबाट उत्साहजनक सहभागिता रहेको जनाएका छन् ।

प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको प्रतियोगिता सम्पन्न गर्न ४ लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ । । पत्रकार सम्मेलनमा बोल्दै साई ग्लोबल एकेडमीका प्रबन्ध निर्देशक मोति पौडेलले बिगतमा जिल्ला स्तरीय साई ग्लोबल कप क्रिकेट आफूहरुले नै आयोजना गर्दै आएकोमा यस पटकदेखि क्रिकेट संघसँग सहकार्य गरिएको बताए । संघले क्रिकेटको विकासमा ल्याएका योजनाहरु राम्रा भएकाले आफूहरुले सहकार्य गरेको उनले बताए ।

बुधबार उद्घाटन खेल साई ग्लोबल (ए) र न्यू होराइजन कलेजबीच हुने प्रतियोगिता संयोजक बिजयसिंह ज्ञवालीले बताए । प्रतियोगिताको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले गर्नेछन् । प्रतियोगितामा साई ग्लोबल एकेडमी (ए) र (बी) टिम, काशी नोबल एकेडमी, भैरहवा, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, न्यू होराइजन कलेज, बुटवल, लिलाराम न्यौपाने उच्च माबि, भैरहवाको सहभागिता रहनेछ ।

यस्तै, लुम्बिनी इन्जिनियरिङ कलेज, भलवारी, बुटवल मोडल कलेज, लखनचोक, सेन्ट जोसेफ कलेज, भलवारी, शान्ति नमूना उच्च माबि, मणिग्राम, नेपथ्य कलेज, मणिग्राम, सिद्धार्थ इन्टरनेशनल कलेज, बुटवल, लुम्बिनी बुद्धिष्ट विश्वबिद्यालय, बेलवास, होराइजन जीबीएस, ड्राइभर टोल, कालिका उच्च माबि बुटवल, सीसीटी कलेज, बुटवल, जेसिस उच्च माबि, भैरहवा, राममणि क्याम्पस, मणिग्राम, मुनलाइट उच्च माबि, भैरहवा र ग्रीनप्लान्ट उच्च माबि, देबदह सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP