शुक्रबार , भाद्र १२, २०८३

बुटवल । औद्योगिक क्षेत्र निर्माण स्थलको शिलान्यासका लागि आयोजना गरिएको कार्यक्रमको मञ्च स्थानीयले भत्काइदिएका छन् । कार्यक्रममार्फत् नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको थियो ।

कानूनी प्रक्रिया नपुर्‍याई आफ्नो जग्गमा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास गर्न लागिएको आरोप अगाउँदैं असन्तुष्ट स्थानीयहरुले मञ्च भत्काइदिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार शिलान्यास गर्ने कार्यक्रम रहेको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आठ सय विगाहा भन्दा धेरै क्षेत्रफलमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्न लागेको थियो । औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीका करिब दुई सय जना स्थानीयहरुले कार्यक्रमस्थल विथोलेका छन् ।
यसअघि स्थानीयले शिलान्यासको निर्णयले परिवारका सदस्यहरु विक्षिप्त भएको र सामुहिक आत्मदाह गर्ने विचार प्रकट भएको बताएका थिए । उनीहरुले वस्ती र जोतभोगको जग्गा उपलब्ध गराइ बाँकी जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP