मंगलबार , अषोज २७, २०८३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका दुई समूहका दोस्रो तहका नेताहरूले छलफल थालेका छन्। राजनीतिक रूपमा विभाजन भइसकेको नेकपाको ओली समूहका नेता शंकर पोखरेल र प्रचण्ड-माधव पक्षका नेता घनश्याम भुसालबीच बिहीबार छलफल भएको छ।

नेकपाका दुई समूहबीच एकअर्कालाई कारवाही गर्ने क्रम चलिरहेका बेला बिहीबार दिउँसो उनीहरुबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो। भुसालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए।

‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं। यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो। आजको छलफल त्यसैको श्रृंखला हो,’ भुसालले भने,‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन।’ दुई नेताबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो।

पार्टी जुटाउने अन्तिम कसरत रुपमा छलफललाई अगाडि बढाइएको बुझिएको छ। आजको छलफल पनि एकतामै केन्द्रीत रहेको उनीहरुले जनाएका छन्। यसअघि बिहीबार एकताको पक्षमा अभियान चलाइरहेका नेकपाका उपाध्यक्ष वामदेव गौतमले दोस्रो तहका नेताहरुको सहयोगमा ओली, प्रचण्ड र नेपाललाई घेराबन्दी गरेर भएपनि एकता गर्ने दाबी गरेका थिए।

कोरोनाबिरुद्धको खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रममा गौतमले एकता सम्भव भएको दाबी गरेका छन्। तर, संसद विघटन भएसँगै नेकपाको ओली र प्रचण्ड-नेपाल पक्षले छुट्टाछुट्टै राजनीतिक अभ्यासलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP