मंगलबार , बैसाख २९, २०८३

क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २-१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।

खेलको सातौं मिनेटमा क्रोएसिया खेलमा अग्रता लिएको थियो। क्रोएसियाका लागि जोस्को ग्भार्डिओलले गोल गरेका थिए।

दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो। अर्चरफ डारीले क्रोएसियाका लागि नौं मिनेटमा बराबरी गोल गरेका थिए।

४२ मिनेटमा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो। मिस्ला ओरसिकले डिबक्स बाहिरबाट हानेको प्रहारलाई मोरक्कोका गोलकिपरले ठम्याउन सकेनन्।

विश्वकपमा क्रोएसिया गत संस्करणमा उपविजेता बनेको थियो। मोरक्कोको भने यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। यस्तै मोरक्कोले सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन र अरब टिमको रेकर्ड समेत बनाएको थियो।

अघिल्लो संस्करणको फाइनलिस्ट क्रोएसियाले तेस्रो स्थानको उपाधिसहित २७ मिलियन डलर अर्थात करिब ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार रूपैयाँ जितेको छ। यस्तै चौथो भएको मोरक्कोले २५ मिलियन डलर अर्थात करिब ३ अर्ब २३ करोड ९५ लाख रूपैयाँ पाएका छन्।

विश्वकप २०२२ को उपाधिका लागि नेपाली समयअनुसार राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। सेमिफाइनलमा फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP