मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन चारमा फाइनलको समीकरण तयार भएको छ । शनिबारको एपिसोडबाट योगेश मगर र करण राई अन्तिम चारमा प्रवेश गरेका छन् ।

आशिष महर र रिहान गिरी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । प्रमोद खरेलको समूहबाट योगेश र राजु लामाको समूहबाट करण फाइनल राउण्डमा प्रवेश गरेका हुन् ।

शुक्रबारको सेमिफाइनलमा राजेशपायल राईको समूहबाट सविना लिम्बू र प्रविशा अधिकारीको समूहबाट साहिल लिम्बु फाइनलमा प्रवेश गरिसकेका छन् ।

शनिबार भ्वाइसका पूर्वविजेता किरण गजमेरले पनि सांगीतिक प्रस्तुति दिएका थिए । भ्वाइसको चौंथो सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP