मंगलबार , असार २३, २०८३

जेम्स क्यामरुन निर्देशित फिल्म ‘टाइटानिक’ प्रदर्शनको २५ औं वर्ष पुगेको छेकोमा यो विश्वचर्चित फिल्मलाई भिजुअल स्तरोन्नतीसहित आउँदो भ्यालेन्टाइन्स डेमा विश्वभर पुनः रिलिज गरिने भएको छ ।

फेब्रुअरी १०, २०२३ मा दर्शकले हलमा थ्रीडी, फोरके एचडीआर र उच्च फ्रेम रेटमा रिमास्टर्ड गरिएको टाइटानिकको नयाँ संस्करण हेर्न पाउनेछन् । नेपालमा यसअघि ‘टाइटानिक’ थ्रीडी संस्करणमा समेत प्रदर्शन भैसकेको छ ।

डेडलाइन हलिउड म्यागजिनले यो फिल्मलाई विश्वभर पुनः प्रदर्शन गर्न लागिएको जनाएको छ । निर्देशक क्यामरुनका निर्माण साझेदार तथा लाइटस्ट्रोम इन्टरटेनमेन्टका प्रमुख जोन लान्डाउले स्पेनको बार्सिलोनामा आयोजित सिनेयुरोप प्रस्तुतिमा यो कुरा बताएका हुन् ।

केट विन्सलेट र लियोनार्डो डिक्याप्रियोलाई स्टारको रुपमा स्थापित गर्ने यो फिल्म सन् १९९७ को डिसेम्बरमा रिलिज भएको थियो । महिनौंसम्म विदेशमा चलेको यो फिल्मले ओस्कार अवार्डमा पनि वर्चस्व जमाएको थियो जसमा यसले उत्कृष्ट फिल्म, निर्देशक, सम्पादन, मौलिक गीत र अन्य पुरस्कार पनि जित्न सक्यो ।

सन् २०१२ मा यसको थ्रीडी संस्करण सार्वजनिक भएको थियो । विश्व बक्सअफिसमा २.२ बिलियन डलर कमाउँदै यो फिल्म तेस्रो धेरै कमाउने फिल्म समेत बनेको छ । क्यामरुनको अवतारको सर्वाधिक कमाउने कीर्तिमानलाई कसैले उछिन्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP