शनिबार , भाद्र १३, २०८३

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतारमा जारी विश्वकप २०२२ को फाइनल खेल खेलेपछि सन्यासको घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

उनले डियारियो डिपोर्टिभो ओलेसँग कुरा गर्दै कतार विश्वकपको फाइनल खेलेर सन्यास लिने बताएको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

गएराति भएको विश्वकपको पहिलो सेमी फाइनल खेलमा अर्जेन्टिनाले क्रोएशियाबिरुद्ध ३ – ० को सहज जित निकालेको थियो । जसमा मेस्सीले एक गोल गरेका थिए भने अर्को एक गोल एसिस्ट गरेका थिए ।

छैटौँपटक विश्वकपको फाइनल पुगेपनि मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्।

अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष भने कोपा अमेरिका जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP