मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतारमा जारी विश्वकप २०२२ को फाइनल खेल खेलेपछि सन्यासको घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

उनले डियारियो डिपोर्टिभो ओलेसँग कुरा गर्दै कतार विश्वकपको फाइनल खेलेर सन्यास लिने बताएको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

गएराति भएको विश्वकपको पहिलो सेमी फाइनल खेलमा अर्जेन्टिनाले क्रोएशियाबिरुद्ध ३ – ० को सहज जित निकालेको थियो । जसमा मेस्सीले एक गोल गरेका थिए भने अर्को एक गोल एसिस्ट गरेका थिए ।

छैटौँपटक विश्वकपको फाइनल पुगेपनि मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्।

अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष भने कोपा अमेरिका जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP