आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । लगातार तेस्रो दिन आज (बिहीबार) पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको हो ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय ५४ वटा कम्पनीको ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनसीसी बैंकको प्रमोटर शेयर २२ करोड ८९ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि रुरु जलविद्युत् परियोजना र इष्टर्न हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP