आइतबार , भाद्र १४, २०८३

काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकाले फर्काइ दिएको छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी आस्थालाई अमेरिकाले इमिग्रेसनबाटै फर्काइ दिएको हो । भिजिट भिसामा अमेरिका गएकी आस्थालाई इमिग्रेसनले भिजिट भिसामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने भन्दै फर्काइदिएको हो । उनलाई पर्फमेन्स भिसा लिएर आउन भनिएको छ ।

आस्थाले आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या भएको बताएकी छन् । उनले भनिन्, ‘भिजिट भिसामा यस अगाडि म पटक–पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो । अहिले भने भिजिट भिसा हुँदैन, पर्फमेन्स भिसा चाहियो भनेर फर्कायो ।’

उनले अमेरिकाको नियम परिवर्तन भएका कारण आफूलाई फर्काइएको हुनसक्ने बताएकी छन् । इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गर्न भनेको थियो । गत डिसेम्बर १२ मा फर्किएकी आस्था अमेरिका दूतावास जान भने भ्याएकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP