मंगलबार , बैसाख ९, २०८२

डकार । संयुक्त राष्ट्रसंघले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको हो ।

आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट करिब डेढ वर्षअघि पिकअप ट्रकमा निस्केका र ट्रक बिग्रिएर उनीहरूको भोकप्यासले ज्यान गएको उक्त संगठनको अनुमान छ । उक्त घटनाबाट संगठनले मर्माहत भएको बताउँदै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

चाडमा संगठनका चाड प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय मृत्यु रोक्न सुदृढ सामुहिक काम अपरिहार्य भएको बताएका छन् । बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा पाँच हजार छ सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता अभिलेखबाट संगठन थप चिन्तित भएको उनले बताए । यो वर्ष करिब एक सय ५० आप्रवासीको मरुभूमिमा मृत्यु भइसकेको छ । एपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP