मंगलबार , अषोज २७, २०८३

किन्सासा । कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार कैयौं घाइते छन् ।

लगातार घण्टौंसम्म परेको पानीका कारण सहरका अधिकांश सडकहरू जलमग्न भएका र कैयौं घरहरू भत्किएको जनाइएको छ । मृत्यु हुनेमध्ये अधिकांश पहाडी क्षेत्रमा गएका पहिरोहरूमा पुरिएका हुन् । घटनापछि सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

सुरुमा अधिकारीहरूले मृत्यु हुनेको संख्या ५५ रहेको बताएका थिए । तर मंगलबार साँझ अप्रत्याशित रूपमा मृतकको संख्या १२० रहेको जनाइएको थियो । भत्किएका कतिपय घरमा परिवारका सबै जना मृत भेटिएका अधिकारीहरूको भनाइ छ । करिब १ करोड ७० लाख जनसंख्या रहेको किन्शासाका २४ वटा क्षेत्र बाढी पहिरोबाट निकै प्रभावित भएका जनाइएको छ ।

गालिमिया क्षेत्रमा ३६ जनाभन्दा बढीको मृत्यु भएको र तीमध्ये केहीको करेन्ट लागेर ज्यान गएको नगर प्रमुख अलिद सिबान्डाले बताएका छन् । उनका अनुसार अनुमतिबिना बनाइएका अधिकांश घरमा क्षति पुगेको छ । समाचार संस्था एएफपीका पत्रकारले पहिरोले भत्किएको एउटा घरमा परिवारका सबै ९ जनाको शव देखेको बताएका छन् ।

प्रधानमन्त्री जिन मिचेल सामा लुकोन्डले किन्शासाका प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि सरकारी टोली खटाइएको बताएका छन् । अधिकारीहरूले पहिरोमा हराइरहेकाको खोजी गरिरहेका र बाढी पहिरोबाट भएको क्षतिको आकलन भइरहेको लुकोन्डको भनाइ छ । कंगो नदीको छेउमा अवस्थित किन्शासा पटक–पटक बाढीको चपेटामा पर्ने गरेको छ । सन् २०१९ को नोभेम्बरमा आएको बाढी पहिरोमा परी ४० जनाको ज्यान गएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP