मंगलबार , बैसाख २९, २०८३

किएभ । युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
रुसले हिजो विष्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको आक्रमणलाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूको दाबी छ । रुसी आक्रमणलाई विफल पारे पनि ड्रोनका केही भग्नावशेषबाट पाँचवटा भवनमा क्षति पुगेको तर कुनै मानवीय क्षति नभएको युक्रेनले जनाएको छ ।

रुसले युक्रेनका पूर्व र दक्षिणी भागमा रहेका विद्युत् प्रसारण केन्द्रलगायत भौतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १३ वटा ड्रोनहरू प्रहार भएको र ती सबैलाई रोकिएको बताएको समाचार संस्था एपीले जनाएको छ ।

किएभका प्रमुख प्रशासक सेर्ही पोप्कोले दुई चरणमा भएको रुसी आक्रमणलाई असफल पारेको तर ड्रोनका भग्नावशेषले एउटा प्रशासनिक भवन र चार वटा आवासीय भवनमा क्षति भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP