शनिबार , भाद्र १३, २०८३

काठमाडौं । कतार विश्वकपमा आइतबार हुने फाइनल खेलबाट अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् । कतारको लुसेल रंगशालामा बुधबार बिहान भएको खेलमा अजेन्टिनाले क्रोएसियालाई ३–० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेपछि मेस्सीले फुटबलबाट सन्यास लिने संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेसँग कुरा गर्दै भने, ‘यो उपलब्धि हासिल गर्न पाउँदा, फाइनलमा आफ्नो अन्तिम खेल खेलेर मेरो विश्वकप यात्रा पूरा गर्न पाउँदा म धेरै खुशी छु ।’ ‘अर्कोको लागि धेरै वर्ष लाग्छ र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु । यसरी समाप्त गर्नु सबैभन्दा राम्रो हो’, मेस्सीले भनेका छन् ।

अर्जेन्टिना ८ वर्ष पछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यसअघि अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको थियो । अर्जेन्टिनाले हालसम्म ५ वटा विश्वकपको फाइनल खेल खेल्दा दुई पटक मात्र विश्वकप जितेको छ ।

अर्जेन्टिनाले सन् १९३०, १९७८, १९८६, १९९० र २०१४ को विश्वकपको फाइनल खेल खेल्दा १९७८ र १९८६ मा मात्र उपाधी हात पार्न सफल बनेको छ । अर्जेन्टिनाले आइतबार हुने फाइनल खेलमा जित हात पारे तेस्रो पटक विश्वकपको उपाधी हात पार्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP