आइतबार , भाद्र १४, २०८३

काठमाडौ । काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक- ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।

हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको र थप मृतक हुनसक्ने अनुमान भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी डिएसपी अन्जना श्रेष्ठका अनुसार दुर्घटनामा परी २२ जना घाइते भएका छन्। उनीहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने काठमाडौं रिफर गरिएको उनले बताइन्।

घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको छ।

घाइतेको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी जोशीलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन पनि दिएका छन्।

घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिइएको पनि गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP