मंगलबार , बैसाख ९, २०८२

काठमाडौ । काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक- ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।

हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको र थप मृतक हुनसक्ने अनुमान भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी डिएसपी अन्जना श्रेष्ठका अनुसार दुर्घटनामा परी २२ जना घाइते भएका छन्। उनीहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने काठमाडौं रिफर गरिएको उनले बताइन्।

घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको छ।

घाइतेको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी जोशीलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन पनि दिएका छन्।

घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिइएको पनि गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP