बुधबार , बैसाख १०, २०८२

काठमाडौं । रौतहट–३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् । निर्वाचनको मनोनयन दर्ता गर्नेक्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिए ।

‘नयाँ पार्टी खोल्ने विषयमा छलफल चलिरहेको छ । तर के नाम राख्ने भन्ने निर्णय भइसकेको छैन,’ साहले भने । तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । माओवादी र एमाले दुवैमा उनी स्थायी कमिटी सदस्य समेत थिए । तर अहिले उनी दुवै पार्टीमा छैनन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा साहको बलियो पकड देखिएको छ । रौतहट २ मा उनी निकट किरण साह विजयी भएका छन् । मोरङ ४ मा निर्वाचित योगेन्द्र मण्डल समेत प्रभु साह निकट मानिन्छ । त्यसैले उनीसँग तीन जना प्रतिनिधिसभा सदस्य छन् । मधेस प्रदेशमा प्रभु साह निकट तीन–चारजना निर्वाचित छन् । सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP