आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज (मंगलबार) फेरि पत्राचार गर्ने भएको छ । मंसिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समय सीमा दिएर सच्याउन पत्राचार गरेकोमा हिजो एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले यसअघि बुझाएको बन्दसूचीमा फेरबदल गरी बुझाए पनि एमालेले पुरानै सूचीलाई निरन्तरता दिएको हो । यसबारेमा आयोगले हिजो बेलुका छलफल गरेको छ । छलफलका आधारमा आज पत्र पठाउने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले एमालेले आज निर्धारित समयभित्र त्रुटि सच्याएर नपठाए अन्य दलको उम्मेदवारलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र दिने तयारी गरेको छ । यता नेकपा एमालेले भने आफूले पठाएको सूची क्रमअनुसारै रहेको दाबी गरेको छ ।

प्रदेश–१ मा अल्पसंख्यक समूहको प्राथमिकता क्रमसंख्या नम्बर–२ मा सिफारिस उम्मेदवार पहाडी नेवार समुदायको भएकाले अल्पसंख्यकलाई सिफारिस गरेको एमालेले जनाएको छ । त्यस्तै मधेश प्रदेशमा मधेशी महिला समूहको क्रमसंख्या–२ मा रहेकी फुलोकुमारी देवी अल्पसंख्यकमध्ये पहिलो नम्बरमा भएकाले सिफारिस गरिएको एमालेको दाबी छ ।

त्यस्तै मधेश प्रदेशको मुस्लिमतर्फ क्रमसंख्या १ मा रहेकी जैनव खातुनलाई भने पार्टीले कारबाही गरेकाले दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनलाई सिफारिस गरेको एमालेले उल्लेख गरेको छ । जैनवले पार्टीका उम्मेदवारका पक्षमा प्रचार नगरी पार्टी परित्याग गरेको एमालेको पत्रमा उल्लेख छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने त्रुटि सच्याएर पुनः उम्मेदवार छनोट गरी पठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP