शनिबार , असार १३, २०८३

जाजरकोट । जाजरकोट जीप दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ । एक जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा जीप चालक दैलेख भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन् ।

यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ । यस्तै दुई वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगञ्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । डागाड नगरपालिका–५ का जैमान अधिकारी गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो करिब ४ बजेको समयमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो । मध्यपहाडी सडकखण्ड अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप दुर्घटना भएको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP