आइतबार , भाद्र १४, २०८३

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।
आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो ।

समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय सोमबार साँझ ४ बजेसम्मको छ । त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो । नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए । सोमबार सार्वजनिक गर्ने तयारी रहेको र नभ्याइएमा भने मंगलबार निर्वाचित भएको घोषणा गरिने बताए ।

संघीय संसदमा समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५-५ सिट प्राप्त गरेका छन् । यसमा बन्दसूचीमा समावेश भएका नामहरुबाट दलहरूले आयोगमा सांसदहरूको सूची बुझाएका थिए । सातमध्ये छ वटा राजनीतिक दलहरूले बुझाएको समानुपातिक सांसदको सूचीमा त्रुटि भेटिएपछि सच्याएर पठाउन आग्रह गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

‘पाँच राजनीतिक दलहरूलाई पुनः सूची सच्याएर पठाउनका लागि भनेका छौं,’ पौडेलले भने । उनका अनुसार ती दलहरुले प्रदेशसभातर्फको सूचीमा त्रुटी गरिएको भेटिएको हो । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीै र नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फका सांसदहरुको छनोटमा विभिन्न प्रकारका गल्तीहरु गरेका छन् । जुन सच्याएर पेश गर्नका लागि आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP