आइतबार , भाद्र १४, २०८३

बुटवल । रुपन्देही कर्मथलो बनाएर लामो समय पत्रकारिता तथा विभिन्न सामाजिक सेवामा योगदान दिएका विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कारबाट सम्मानीत गरिएको छ । आइतबार एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले अधिकारकर्मी पहाडीलाई नगद १ लाख १० हजार, दोसल्ला, सम्मानपत्रबाट सम्मानित गरेका थिए ।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका, संविधान सभा सदस्य (२०६४–६९), नेपाल राष्ट्रिय दलित पत्रकार संघका संस्थापक अध्यक्ष, सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान÷अध्ययन कार्यमा पहाडीले योगदान दिएका छन् । उनी लेखक, विश्लेषणका साथै विभिन्न अधिकार संस्थामा आवद्ध छन् । यसअघि उनी डा. भिमराव अम्बेडकर अवार्डबाट समेत सम्मानित भएका छन् ।

पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार सिंगो दलित आन्दोलनप्रतिको सम्मान भएको बताए । उनले आफूले यो पुरस्कारको रकम निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षयकोषको स्थापनाका लागि प्रयोग गर्ने घोषणा गरे ।

अधिकारकर्मी तथा संचारकर्मी पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेको योगदानको बापत सम्मानीत गरिएको समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, पूर्वअध्यक्ष मनोज पुडासैनी, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देही जिल्लाका अध्यक्ष रामराज पोखरेल, रुपन्देही सभापति खिम प्रसाद भट्टराई (कृष्ण) ले समाज परिवर्तनमा योगदानमा अग्रसर गराउन सम्मान थप प्रेरणामुलक हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP